लेटाङ नगरपालिका डिजिटल प्रक्रियामा रूपान्तरण: साउन १ देखि लागू

प्रशान्त निराैला , १२१  पटक हेरिएको

लेटाङ, ४ साउन । मोरङको सुन्दर पर्यटकीय नगरी लेटाङ नगरपालिकाले साउन १ गतेदेखि आफ्ना सम्पूर्ण कार्यालय प्रक्रियालाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार अबदेखि निवेदन, दर्ता, चलानी, सिफारिस लगायत सबै सेवाहरू डिजिटल माध्यमबाट प्रदान गरिनेछन्।
यस नवीन प्रणालीले नगरपालिकाका विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सरल ढंगवाट छिटे छरितो सेवा पुर्यार्नेछ ।
पहिले, नगरपालिकाले नागरिकहरूलाई सेवा प्रदान गर्न हातले लेख्ने प्रणालीको प्रयोग गर्थ्यो। यस प्रक्रियामा निवेदन, दर्ता, चलानी, सिफारिस लगायतका सबै सेवाहरू म्यानुअल रूपमा सञ्चालन गरिन्थ्यो। यसले गर्दा धेरै समय लाग्ने र त्रुटिको सम्भावना हुने गर्दथ्यो।
अब, डिजिटल प्रणाली लागू भएपछि यी सबै सेवाहरू प्रविधिको माध्यमबाट सञ्चालन गरिनेछन्। नागरिकहरूले अनलाइनमार्फत निवेदन दिन, दर्ता गर्न, चलानी गर्ने र सिफारिसहरू प्राप्त गर्न सक्नेछन्। यसले सेवाहरूलाई छिटो, छरितो र प्रभावकारी बनाउनेछ। डिजिटल प्रणालीले त्रुटिहरूको सम्भावना घटाउनेछ र सेवाहरूको पारदर्शिता तथा विश्वसनीयता बढाउनेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले भने, “हाम्रो नगरपालिकाको भौगोलिक विविधता हाम्रो शक्ति हो। यो डिजिटल प्रणालीले सबै क्षेत्रका नागरिकहरूलाई समान अवसर प्रदान गर्नेछ र समग्र विकासमा टेवा पुर्याउनेछ।”
लेटाङ नगरपालिकाको यो कदमले मोरङ जिल्लाको विकासमा नयाँ आयाम थप्ने मात्र नभई डिजिटल नेपालको दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यसले अन्य भौगोलिक विविधता भएका स्थानीय तहहरूलाई पनि डिजिटलीकरणतर्फ अग्रसर हुन प्रेरणा दिने अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०२४-०७-१९ , समय : १७:३१:०९ , ४ महिना अगाडि