समाजसेवी सई कुमार तामाङद्वारा माछाको भुरा छोड्ने कार्यक्रम सम्पन्न

इनेपालपत्र , ३२५  पटक हेरिएको

दिपेश रोक्का
कानेपोखरी, १४ असार । कानेपोखरी ७ निवासी समाजसेवी सई कुमार तामाङले कानेपोखरीको ऐतिहासिक स्थल पोखरीमा माछाको भुरा छोड्ने कार्यक्रम विहीबार सम्पन्न गरेका छन्। लामो समयदेखि समाज सेवा गर्दै आएका तामाङले आफ्नो व्यक्तिगत लगानीबाट २० केजी माछाको भुरा पोखरीमा छोडेका हुन्।

कार्यक्रममा कानेपोखरीका युवा नेता, समाजसेवी, प्रहरी, र राजनीतिकर्मीहरूको उपस्थिति रहेको थियो। तामाङले यस कार्यक्रमको उद्देश्य समाजमा पर्यावरणीय सन्तुलन कायम राख्न र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने रहेको बताए।

कार्यक्रममा सहभागी एक स्थानीयले भने, “सई कुमार तामाङको यो प्रयासले हाम्रो समुदायलाई प्रेरणा दिनेछ र अन्य समाजसेवीहरूलाई पनि यस्ता कार्यक्रम गर्न प्रोत्साहित गर्नेछ।”

कार्यक्रमले स्थानीय स्तरमा समाजसेवाको महत्वबारे जनचेतना फैलाउन मद्दत गरेको छ र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण कदमको रूपमा चिनिएको छ।

प्रकाशित मिति: २०२४-०६-२८ , समय : १५:४१:३५ , १ वर्ष अगाडि