विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

इनेपालपत्र , २२  पटक हेरिएको

पोखरा, २८ जेठ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ । पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । राप्रपा मत दिन सकारात्मक देखिएको छ ।

त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् । उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए ।

अरू ३० सिट पुगे म मत दिन्छु,झ उनले भने । ३१ सिट पुर्‍याउन बाँकी हुने १ सिट पाण्डे विपक्षी गठबन्धनबाटै चोर्नुपर्छ । धेरैले नेसपा नेता तथा माओवादीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्न सक्ने आशङ्का गरेका छन् ।

तर माओवादी चाहिँ फ्लोर क्रस नहुने दाबी गर्छ । त्यसो त देवकोटा आइतबार भएको संसदीय दलको बैठकमा पन सहभागी थिए ।ञउहाँ बैठकमा आउनुभयो । आफ्ना कुरा राख्नुभयो,झमाओवादी प्रमुख सचेतक कुसुम बुढाले भनिन्, ञशङ्का गर्नुपर्ने ठाउँ छैन ।

पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् । पाण्डेले बहुमत नपाए उपधारा ९५० अनुसार सरकार बन्छ ।

प्रकाशित मिति: २०२४-०६-१० , समय : ०९:४०:४३ , २ हप्ता अगाडि