बस दुर्घटनामा १४ जना घाइते

इनेपालपत्र , २५  पटक हेरिएको

दाङ, ५ वैशाख । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०२४-०४-१७ , समय : १२:२८:२७ , २ हप्ता अगाडि