झुलाघाट नाका वैशाख ४ गतेदेखि बन्द हुँदै

इनेपालपत्र , ७१  पटक हेरिएको

बैतडी, २ बैशाख। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

अप्रिल १९, बैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द हुने प्रजिअ शर्माले जानकारी दिनुभयो ।

उक्त अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने छ । सुरक्षा सम्वेदनशीलताका कारण नाका बन्द हुन लागेको र सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरुसंग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो ।

प्रकाशित मिति: २०२४-०४-१४ , समय : १७:०८:५२ , २ हप्ता अगाडि