अभिषेक पौडेल , १८० पटक हेरिएको
लेटाङ, १५ माघ । लेटाङ नगरपालिका वडा नं. ३ की नेप्टी दर्जीले ७५ बर्षको उमेरमा नागरिता प्राप्त गर्नुभएको छ । परिवार विहिन, घरवार विहिन उहाँको आफन्त कोही नभएपछि हाल सम्म नागरिता विहिन हुनुपरेको थियो । बोल्न नसक्ने, कान नसुन्ने, शारिरिक रुपमा समेत अशक्त रहनुभएकी नेप्टीलाई नागरिकता बाट बन्चित हुँदा राज्यवाट उहाँले पाउने सेवा सुविधावाट समेत बन्चित हुनुपरेको थियो ।
नेप्टी दर्जिको यो बिबसतालाई लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईले चाल पाउनुभयो । उहाँलाई नेप्टी दर्जाीलाई कसरी नागरिकता दिने भन्ने भोकले सताउछ । यसका लागि उहाँ मोरङका प्रमुख जिल्ला अधिकारी समक्ष पुग्नुहुन्छ । प्रमुख जिल्ला अधिकारीले वडा अध्यक्षले नेप्टी दर्जीको नागरिकतामा सनाखत गरिदिए नागरिकता दिन मिल्ने बताएपछि मन हलुका वनाएर प्रक्रियाकाा लागि अघि बढ्नुभयो ।
आज मोरङका सहकायक प्रमुख जिल्ला अधिकारी तथा लेटाङ नगरपालिकाका पुर्व प्रमुख प्रसासकीय अधिृकृत समेत रहनुभएका प्रदिप शाहको हात वाट नेप्टी दर्जीलाई लेटाङ नगरपालिकाको परिसरमा नागरिकता हस्ताण्तरण गरियो ।
यसरी एक असाहाय आमालाई नागरिकता दिलाउन सफल भएपछि लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले सवैलाई धन्यवाद दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी साहले समेत नेपालको संविधान २०७२ ले दिएको अधिकारका आधारमा नेप्टी दर्जीलाई नागरिकता दिईएको र यसलाइ नयाँ संविधानको उपलब्धीको रुपमा लिन सकिने बताउनुभयो ।
कार्यक्रममा उपस्थित भएका सबै महानुभावहरुले गहभरि खुसीका आसु सहित नेप्टी दर्जीलाई नागरिकता दिलाउन महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतलाई धन्यवाद दिए ।
अव नेप्टी दर्जीले राज्यले दिने सेवा सुविधा पाउनुहुनेछ भने अर्काकोमा मागेर खानुपर्ने बाध्यता समेत हटेको छ
कार्यक्रममा उपस्थित भएका सबै महानुभावहरुले गहभरि खुसीका आसु सहित नेप्टी दर्जीलाई नागरिकता दिलाउन महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतलाई धन्यवाद दिए ।
अव नेप्टी दर्जीले राज्यले दिने सेवा सुविधा पाउनुहुनेछ भने अर्काकोमा मागेर खानुपर्ने बाध्यता समेत हटेको छ ।
प्रकाशित मिति: २०२४-०१-२९ , समय : १९:३१:३९ , ९ महिना अगाडि