हाम्रो समाचारदाता , १७६ पटक हेरिएको
लेटाङ, ९ पुस । लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लेटाङ एडमान्स हेल्थ केयर सेन्टरको स्थापनाको २ बर्ष पुगेको अवशरमा दोस्रो वार्षिक उत्सव मनाएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, कार्यपालिका सदस्य चम्पा थापामगर लगायतको आतिथ्यतामा कार्यक्रम समेत गरेको छ ।
स्वास्थ्य सम्वन्धी सप्ताहा व्यापी कार्यक्रम गरेको उक्त अस्पतालले आज विशेषज्ञ डाक्टर सहित निशुल्क रोग परिक्षण तथा उपचार गरेको छ ।
तिलगंगा आखा अस्पताल र गोल्छा आँखा अस्पताल संगको सहकार्यमा अस्पतालले आखाँको पर्दा, चस्मा बितरण, सुगर प्रेसर रोग विशेषज्ञ बाट परिक्षण तथा डिजिटल एक्सरे समेत निशुल्क गरेको हो ।
आज अस्पतालमा भएको उपचारमा आखाँ ३ सय ५६ जना,हाडजोर्नी ६० जना,सुगरप्रेसर ६४ जना, डिजिटल एक्सरे ४० जना साथै सुगर, कोलेस्ट्रोल क्रिटिनाईन परिक्षण १४० जना गरि ६६० जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको साथै ति मध्ये ८ जनाकाे निशुल्क अपरेशनका लागि विराटनगर गाेल्छा अस्पताल लगिएकाे संचालक ईश्वर शाक्यले जानकारी दिनुभयो ।
लेटाङका विभिन्न ठाउँँमा पुगेर अस्पतालले विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम निशुल्क प्रदान गरेको थियो । कार्यक्रम उक्त अस्पतालका संचालक सिताराम लुईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-१२-२५ , समय : १९:१८:३२ , ११ महिना अगाडि