अग्रज पत्रकार याम प्रधानकाे निधन

Enepal Patra Pvt. Ltd. , ५३६  पटक हेरिएको

इटहरी १७ पुष ।अग्रज पत्रकार याम प्रधानको असामयिक निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर डायलासिस गराउदै आएका प्रधानको आफ्नै निवासमा बिहिबार विहान ३ बजे निधन भएको हो।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानीको रुपमा सम्मानित पत्रकार प्रधानको निधन भएको हो ।
५२ वर्षिय प्रधान चार दशकदेखी पत्रकारितामा सकृय हुनुहुन्थ्याे । उहाँको अन्तिम संस्कार आजै गरिने जनाइएको छ । प्रधानकी एक छोरी छिन् ।

प्रकाशित मिति: २०२०-०१-०२ , समय : ११:१९:१९ , ४ वर्ष अगाडि