सिनेमाघर एपमा रिलिज भयो खगेन्द्रको ‘पानीफोटो’

Filmy Khabar , १५२  पटक हेरिएको

काठमान्डाै, १६ मंसिर । नेपालकै नम्बर वान ओटीटी प्लेटफर्म सिनेमाघर एपप्रति दर्शकको आकर्षण बढ्न थालेसँगै हरेक महिना नेपाली फिल्म रिलिज हुन थालेका छन् । भदौमा ‘महापुरुष’ र असोजमा ‘जारी’ रिलिज गरिएपछि शुक्रबारबाट फिल्म ‘पानीफोटो’ रिलिज भएको छ । २ सय रुपैयाँ शुल्क तोकिएको फिल्म सिनेमाघर एपमा विश्वभरबाट हेर्न सकिन्छ । यो फिल्मले हल रिलिजमा राम्रो समीक्षा पाएको थियो ।

फिल्ममा खगेन्द्र लामिछानेको निर्देशक तथा लेखन रहेको छ । उनी सिनेमाघर एपका सञ्चालक पनि हुन् । फिल्ममा उनले विशेष भूमिकामा अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती लगायतको पनि अभिनय छ ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सको निर्माण रहेको फिल्मको निर्मातामा रोजिना सिटौला र रवीन्द्र बज्राचार्य छन् । यो फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, पुष्पा संगमको पार्श्व संगीत तथा अर्जुन कार्कीको स्थलगत सम्पादन छ । द्वन्द्वकालको समयमा बेपत्ता भएको छोराको पखाईमा रहेका एक दाम्पतीको कथामा फिल्म आधारित छ ।

काठमान्डाै १६ मंसिर । यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘रातो टीका निधारमा’, ‘प्रेमगञ्ज’, ‘दोख’, ‘रोमियो एण्ड मुना’, ‘हिजो आजका कुरा’, ‘चपली हाइट ३’ लगायतका फिल्म रिलिज भैसकेका छन् । यो एप सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छन् । नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डसँगै गुगल प्लेबाट पनि भुक्तानी गरेर एपमा फिल्म हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १०:२८:४४ , ५ महिना अगाडि