उपसचिव खगेन्द्रप्रसाद रिजाल अख्तियारको नियन्त्रणमा

Enepal Patra Pvt. Ltd. , ७९५  पटक हेरिएको

काठमाडौं, १५ पुस । गृह मन्त्रालयले निलम्बन गरेका उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ पर्नुभएको छ ।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुसर रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकोमा मंगलबार निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्त्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । उहाँमाथि थप अनुसन्धान गर्न नियन्त्रणामा लिइएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय, दोलखामा प्रमुख जिल्ला अधिकारी रहँदा उहाँले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १९:००:२३ , ६ वर्ष अगाडि