लेटाङ कानेपोखरी सडक डिपिआर हुँदै

Enepal Patra Pvt. Ltd. , ६६९  पटक हेरिएको

लेटाङ १५ पूस । लेटाङ–कानेपोखरी सडकलाई २ लेनको वनाउनका लागि लेटाङ नगरपालिकाले डिपिआर सूरु गरेको छ ।

लेटाङ– कानेपाखरी सडकमा अहिले भईरहेको अप्ठ्यारो अवस्थालाई मध्यनजर गरि २ लेनको सडक निर्माणका लागि डिपिआर सुरु गरिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले वताउनुभयो । सवारीकाे चाप धान्न नसकि अहिले सडकको अवस्था कमजोर भइ सवारी आवतजावतमा समेत समस्या भईरहेको छ । यहि अवस्थाको निराकरणका लागि २ लेनको सडक वनाउने योजना अघि सारेको नगरप्रमुख शंकर राईले वताउनुभयो । आगामी वर्ष देखि काम सुरु हुने समेत उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले यसै आर्थिक बर्ष देखि काम सुरु गर्ने गरि लेटाङ ५ मा रहेको खेरुवा खोलामा समेत पूल निर्माणका लागि डिपिआर गरिरहेको छ । वडा कार्यहरुलाई नगरपालिकाको कार्यलय संग सहज तरिकाले जोड्नका लागि पूल निर्माण गरिने भएको हो । वर्षाको समयमा लेटाङ ८ र ९ का जनताहरुले खोलाका कारण आवत जावत गर्न नसक्ने भएकाले सो समस्या समाधानका लागि सो पूल निर्माण गर्नु परेको नगरप्रमुख राईले बताउनुभयो ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १६:०३:३० , ४ वर्ष अगाडि