मिर्गौला पीडितलाई ७१ हजार रुपियाँ सहयोग

Enepal Patra Pvt. Ltd. , ७४७  पटक हेरिएको

पथरीशनिश्चरे, माघ ३ ।
मोरङको पथरीशनिश्चरे ३ का मिर्गौला पीडित शम्सेर बहादुर बराइलीको उपचारका लागि वडावासीले ७१ हजार रुपियाँ आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका छन् ।
विपन्न परिवारका शम्सेरको उपचारमा सहयोग पु¥याउनका लागि बिहीबार पथरी बजारमा सहयोग सङ्कलन गरिएको थियो । त्यस अघि समेत सङ्कलन भएको सहयोग गरी कुल ७१ हजार ३ सय ८३ रुपियाँ शम्सेरलाई हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमबीच ७ नम्वर वडा सदस्य काँशीहाङ राईको सहजिकरणमा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले सो रकम हस्तान्तरण गर्नुभयो ।
वडाकी सामाजिक अभियन्ता कृष्णकुमारी विश्वकर्माको अगुवाईमा ७ नम्वर वडा सदस्य काँशीहाङ राई, कुमारी रोक्का, १ नम्वर वडा सदस्य इन्दिरा सुन्दास सहितले आर्थिक संकलन अभियान अघि बढाउनु भएको थियो ।
समीरको नोवेल अस्पताल विराटनगरमा निशुल्क डाइलोसिस भइरहेपनि औषधि किन्नका लागि आर्थिक समस्या भएपछि सहयोग जुटाइएको हो ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : १९:५२:१८ , ५ वर्ष अगाडि