´ जय हो ´ चलचित्रको तेस्रो गित सार्वजनिक

ईनेपालपत्र समाचारदाता , १७१  पटक हेरिएको

काठमान्डौ ३२ साउन । नायक सलोन बस्नेत द्रारा अभिनित चलचित्र ´ जय हो ` को तेस्रो गित सार्वजनिक गरिएको छ । बिहिवार सार्वजनिक गितमा सिनेमामा मुख्य पात्र केकि अधिकारी र सलोन को अभिनय रहेको छ । चलचित्र ´ जय हो ` भदौ ८ गतेबाट प्रदर्शनमा आउदै छ ।

´ सपनाको वेडिङ्ग ` बोलको गितको गितमा रिसाएकी प्रेमिका केकि फकाउदै गरेको अवस्थामा सलोन छन । सार्वजनिक गितमा शब्द , संगित स्वर स्वयंम नायक बस्नेत ले नै दिएका छन । रोमान्टिक फ्लेवरमा तयार पारिएको गितको अडियो उतकृष्ट बनेको आभाष हुन्छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाइ टेक पौरखी राइले निर्देशन गरेका छन । निर्देशक राई यो सिनेमा बाट राम्रो बक्स अफिसमा सफल हुने आशमा छन ।

प्रकाशित मिति: २०२३-०८-१७ , समय : १९:२९:१७ , ९ महिना अगाडि