सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

ईनेपालपत्र समाचारदाता , ३८३  पटक हेरिएको

विराटनगर, २५ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै  पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
शर्मा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मालाई पक्राउ गरिएको कारण भने खुलाइएको छैन ।शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए। शर्मा काठमाण्डौ मेडिकल कलेज र विराटनगरको नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन्।

प्रकाशित मिति: २०२३-०८-१० , समय : १८:५८:३३ , १ वर्ष अगाडि