मृत ब्यक्तिको पहिचान खुल्यो

ईनेपालपत्र , २१५  पटक हेरिएको

लेटाङ, १९ साउन । लेटाङमा आज विहानै मृत फेला परेका ब्यक्तिको पहिचान खुलेको छ । कानेपोखरी गाउँपालिका ५ जहदा घर भई लेटाङ ८ जाँते वजारमा घर भाडामा बस्ने राम कुमारमा राई रहेका अस्थायी प्रहरी चौकी जाँतेका प्रहरी सहायक निरिक्षक रामकुमार कटुवालले जानकारी दिनुभयो ।

मृत भेटिएका राई सधै मर्निङ वाकमा जाने गरेका थिए । उनले प्रेसरको औषधी समेत सेवन गरिरहेका थिए ।

उनको शव पोष्ट मार्टमका लागि लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-०४ , समय : १३:१४:३२ , १ वर्ष अगाडि