नगर प्रमुख राईद्वारा तमु ल्होसारको शुभकामना

Enepal Patra Pvt. Ltd. , ११६२  पटक हेरिएको

लेटाङ,१५ पुस । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले गुरुङ जातिको महान चाड तमु ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ । नगरवासीका नाम सम्बोधन गर्दै राईले विश्वभर रहेका गुरुङ दाजुभाई तथा दिदीबहिनीहरूले नयाँ वर्षका रुपमा मान्ने यो पर्वले भाइचारा र बन्धुत्व कायम गर्न सकोस भन्नुभएको छ । उहाँले संस्कृति र संस्कारको रक्षाका यो पर्व महत्वपूर्ण अवसर बन्न सकोस भन्दै संस्कार र संस्कृति जीवित रहे मात्र मानव जातिको पहिचान जोगिने बताउनु भएको छ ।
ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतीय पात्रो विक्रम सम्बतको पुस १५ गतेलाई आधार मानेर मनाइने चलन छ । १े प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : ०५:००:०१ , ४ वर्ष अगाडि