जाँते पथरी सडक खण्डमा लुटपाट , सरकारद्वारा कडा सुरक्षा ब्यबस्था गर्नुपर्ने स्थानियको माग

ईनेपालपत्र समाचारदाता , २३६  पटक हेरिएको

लेटाङ ,२३ असार । जाँते पथरी सडक खण्ड अन्तरगत फारलाईनमा आज दिउसो लुटपाट भएको छ ।

लेटाङ ८ जाँते भुपुटोलका ओम प्रकाश रानामगर लुटपाटमा परेका हुन । पथरी बाट जाँते फर्कने क्रममा फारलाईन आईपुग्दा हतियार सहित आएका ४ जनाको समुहमा रहेका लुटेराले नगद तथा मोबाईल लगेको अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरीक्षक राम कुमार कटुवालले जानकारी दिनुभयो ।

लुटेराले मगरलाई कत्तीले काट्ने प्रयास गरेको समेत देखिएको छ । बाईकमा सवार रानामगरलाई लुटेराको लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा मात्र लागेर चोट लाग्न बाट बचेको बताईएको छ ।लुटेराहरुको खोजि भईरहेको प्रहरीए जनाएको छ ।

गत साता समेत लेटाङ कानेपोखरी सडक खण्डमा २ जना लुटिएका थिए भने सोही दिन लेटाङ केराबारी सडकमा समेत १ जना लुटिएका छन ।

उत्तरी मोरङमा लुटपाटका घट्ना शृङ्खला बद्द रुपमा हुन थालेपछी स्थानियले चिन्ता ब्यक्त गर्न थालेका छन । उत्तरी मोरङमा सुरक्षा ब्यबस्था कडा पार्न समेत स्थानियले माग गरेका छन ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको गृहनगरमा लुटपाट मच्चिरहदा चासो जोडतोडका साथ चासो राख्नुपर्ने माग समेत उठ्न थालेको छ । लेटाङ , केराबारी , मिक्लाजुङ , पथरी , कानेपोखरी गाउँपालिकाले समेत संयुक्त योजना बनाएर लुटपाट रोक्नु पर्ने आवाज समेत चर्को गरि उठ्न थालेको छ् ।

प्रहरीलाई समेत श्रोत साधन सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: २०२३-०७-०८ , समय : १८:४३:१४ , १ वर्ष अगाडि