ईनेपालपत्र समाचारदाता , ११४ पटक हेरिएको
पथरी शनिश्चरे, ६ असार । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा मंगलबार देखि पाँच दिने सिप विकास तालिम सुरु भएको छ ।
आदिवासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु भएको हो । सो सिप विकास तालिम पथरी शनिश्चरे नगरपालिकाको सहयोग सम्पन्न भइरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र वनेमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष बिक्रम लिम्बुले सञ्चालन गरेका थिए । नगरमा रहेको बिभिन्न आदिबासी जनजाति समुदायका सय बढी सहभागी रहने पाँच दिने तालिम रुद्र तामाङद्वारा सहजीकरण हुनेछ ।
उद्घाटन कार्यक्रममा विभिन्न जातीय संगठनका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम पथरीशनिश्चरे १० स्थित सिरिजंगा धामिक वनको सभाहलमा भएको थियो ।
प्रकाशित मिति: २०२३-०६-२१ , समय : ०५:१८:०४ , १ वर्ष अगाडि