लैंङ्गिक हिंसा नियन्त्रणका लागि सञ्जाल

Enepal Patra Pvt. Ltd. , ६९९  पटक हेरिएको

पथरीशनिश्चरे, माघ ३  । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १९ सदस्यीय लैंङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएइको छ । बिहीबार नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयको समन्वयमा सञ्जाल गठन गरिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल वजगाईं समितिको संयोजक चयन हुनु भएको छ भने सोही कार्यालयकी सविता वैरागी सदस्य सचिव चुनिनु भएको छ ।
सदस्यमा, नगर शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद सिग्देल, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य, सहायक महिला विकास निरीक्षक विमला अधिकारी, नगर महिला फेडेरेशनकी गोमा दहाल, सामुदायिक मेलमिलाप केन्द्रकी वसुन्धरा गुरुङ, डाँसमोरङ्गी सामुदायिक वनका अध्यक्ष जीवन कटुवाल रहनु भएको छ ।
अन्य सदस्यमा, सामाजिक क्षेत्रमा क्रियाशील रुक्मिणा बजगाईं, रीता गिरी, केशव वराल, भला रेग्मी, इश्वरी निरौला, उमानाथ अधिकारी, नविनजंग कार्की, विकास राई, सुनमाया घिसिङ, खड्ग कुलुङ राई र नरबहादुर कुलुङ राई रहनु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला र नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम समितिको सल्लाहकार रहनु भएको छ ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : १९:४६:२९ , ५ वर्ष अगाडि