पञ्चेश्वरमा सुत्केरी सेवा फेरि सुरु

हाम्रो समाचारदाता , १३६  पटक हेरिएको

बैतडी, ५ असार .बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ । पानीको अभाव भएपछि गत जेठ २८ गतेदेखि सुत्केरी सेवा बन्द भएको थियो ।

गाउँपालिकाले ट्याङकरमार्फत पानीको व्यवस्थापन गरेपछि उक्त सेवा सुरु भएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताउनुभयो । आजदेखि गाउँपालिकाले रुपमा ट्याङकरमार्फत पानीको आपूर्ति गर्ने भएपछि सेवा पुनः सुरु गरिएको हो । अब २४ घण्टा नै सुत्केरी सेवा उपलब्ध हुन्छ ।

यसअघि स्वास्थ्यचौकी आकाशे पानीको भरमा सञ्चालन भइरहेको थियो । जम्मा गरेको आकाशे पानी सकिएपछि सेवा बन्द भएको थियो ।

हाललाई ट्याङकरमार्फत समस्या समाधान गर्ने र पछि दिगो समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई स्वास्थ्यचौकीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-२० , समय : १४:०३:२५ , ११ महिना अगाडि