लेटाङमा श्रमदान सुरु

ईनेपालपत्र समाचारदाता , २८४  पटक हेरिएको

लेटाङ २ जेठ । लेटाङमा श्रमदान सुरु भएको छ । लेटाङ नगरपालिका स्थीत वडा नं. ४ को कार्यालयले श्रमदानका लागि आह्वान गरेपछि आज विहान लेटाङ ३ स्थित लेटाङ अस्पताल परिषर खचाखच देखिएको हो ।
अस्पताल वरिपरि थुप्रिएको फोहोर तथा झाडी सरसफाईका लागि करिव २ सय मानिस यहाँ जम्मा भए । यसको नेतृत्व लेटाङ ३ का अध्यक्ष डम्बर वहादुर राईले गर्नुभयो । फोहोर संकलन गरेर नगरपालिकामा रहेको सरसफाई विभागको ट्रकमा राखेर डम्पिङ साईडमा लगियो ।
लेटाङमा जनश्रमदान गर्ने रहर गर्नेको संख्या धेरै छ । नेतृत्वले श्रमदानका लागि आह्वान गर्ने हो भने जनता यसका लागि तयार रहेको उदाहरण आजको कार्यक्रम वाट प्रष्ट हुन्छ ।
कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधी, राजनीतिक दलका प्रतिनीधी, समाजसेवी लगायतले हसिया , कुचौ कोदालो बोकेर आएका थिए । निर्माणका क्रममा रहेको अस्पतालमा फोहोर तथा निर्माण सामाग्रीका टुक्राहरुले प्रदुषित देखिएको थियो । २ घण्टा श्रमदान वाट आज लेटाङको अस्पताल चिटिक्क देखिएको छ ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : १३:२६:४८ , २ वर्ष अगाडि