नेविसंघ रमाइलो क्याम्पस इकाईले मनायाे स्थापना दिवस

enepalpatra , २६५  पटक हेरिएको

कानेपाेखरी ६, बैशाख ।
मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले बुधबार आफ्नो ५४ औं स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृसंगठन नेबिसंघ को स्थापना २०२७ बैशाख ६ गते भएको थियो । कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेस महाधिवेसन प्रतिनिधि देबेन्द्र थापाले गरेका थिए । पुर्व मोरङ जिल्ला उपसभापतिले नेबि संघले विद्यार्थीका हक अधिकारको लागि आवाज उठाउने काम गरेको बताए।

नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य देबेन्द्र लुइँटेलले नेबि संघ इकाई समिति लाई १० थान पङ्खा हस्तान्तरण गरेका थिए । नेबि संघ रमाइलो बहुमुखी का इकाई सभापति दिपेश रोक्काले रमाइलो बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम खरेललाई पङ्खा हस्तान्तरण गरेका थिए ।

नेपाली कांग्रेसमा कुनैबेला नेता उत्पादन गर्ने कारखानाका रुपमा नेविसंघ परिचित थियो । नेविसंघका संस्थापक सभापति विपीन कोइराला हुन् भने हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा नेविसंघको दोस्रो सभापति हुन् ।

कार्यक्रम मा विभिन्न संघसंगठनका ब्यक्ति तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : १९:५६:५३ , १ वर्ष अगाडि