हत्याका आरोपी २२ दिनपछि पक्राउ

Enepal Patra Pvt. Ltd. , ३७२  पटक हेरिएको

ताप्लेजुङ ११ पुस ।ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका २ चोकपुर निवासी मन्दीरा अधिकारीलाई आफ्नै शिक्षक रमेश अधिकारीले हत्या गरेको खुलासा भएको छ । गत मंसिर १७ गते बेलुका घरबाट एक्कासी हराइकी मन्दीराको हराएको केही दिनमा पनि अतोपत्तो नलागेपछि उनका आफन्तले प्रहरीमा हराएको जानकारी गराएका थिए ।

प्रहरीले मन्दीराको मोवाइल नम्बरबाट कल डिटेलको सहायतले उनी हराएको दिनमा सम्ममा उनको सम्पर्कमा आएका व्यतिm र आफन्तहरुले दिएको शंकास्पद व्यतिmहरुको खोजी गर्दै जाने क्रममा सोही गाउँपालिका हाङपाङ निवासी रमेश अधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्दा घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका रमेशले आफुले मन्दीराको हत्या गरेर तमोर नदीमा फालेको बयान दिएका थिए । रमेश तिनै शिक्षक हुन जसले उनै मन्दीराको घरमा डेरा बसेर उनकै घर नजिक रहेको श्री गुप्तेश्वर माविमा शिक्षणको काम गरेका थिए ।

सम्बन्धले दाई पर्ने रमेशले आफुले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले पुष ९ गते घटना घटाएको ठाँउमा लगेर घटनाको थप पुष्टी गराएको छ । अभियुतm रमेशले भनेको तमोर नदीको मित्ला पुल नजिकै रहेको जंगलमा मन्दीराले लगाएका चप्पल र लुगा भेटिएको छ । रमेशले मन्दीराको घाँटी थिचि हत्या गरी पुलको बिचबाट तमोर नदीमा फालेको बयान दिएका छन् ।

यता पिडित परिवार लगायत आफन्त, गाउँलेहरु उनको हत्या भएको र हत्यारा घटना स्थलमा आउने भनेको सुनेपछि सबै तमोर नदी मित्ला पुलमा बुधबार पुष ९ गते पुगेका थिए ।

रमेशले हत्या स्वीकार गरिसकेको हुनाले आक्रोशित गाउँले र आफन्तहरुले रमेशलाई आक्रमण गर्ने प्रयास गरेका थिए । आाक्रोशित आफन्तहरुलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको एक स्थानियले बताएका छन् ।
अभियुतले मन्दीराको शब हत्या पछि तमोर नदीमा फालेको बताएपछि आफन्त र प्रहरीले उनको शव आठ दश किलोमिटर पर सम्म खोजेका थिए तर शब भेटिएन । हत्या भएको २२ दिन पुगेकोले शब भेटाउने अवस्था कम रहेको देखिएको छ ।

यता प्रहरीले रमेशले हत्या गरेको .स्वीकारेको बताएको छ । ताप्लेजुङका डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार रमेशले हत्या स्वीकारेको छ, अब कानुन अनुसार उसलाई हदै सम्मको कारवाही प्रक्रिया अघि बढ्ने फुयाले बताए । युवतीको शब फेला परे अझ कानुनी रुपमा दरिलो प्रमाण पेश गर्न सकिने उनको भनाई रहेको छ ।

यता परिवार सदस्यहरुको भनाई अनुसार रमेशले मन्दीरालाई अपहरण शैलीमा लगेर बलात्कार पछि हत्या गरेको बताएका छन् । घटना स्थलमा भेटिएका प्रमाणहरु हेर्दा बलात्कार गरी हत्या गरेको हुन सक्ने थुप्रे प्रमाण भेटिएका मृतक मन्दीराका काका चन्द्र अधिकारीले बताएका छन् । पिडितहरुले अभियुतm रमेशलाई हदै सम्मको सजाय सहित जन्म कैदको माग गरेका छन् ।

हत्याको कारण यस्तो थियो ? 

रमेश अधिकारी तिनै व्यति हुन जो करिब ३ बर्ष अघि शिक्षकको रुपमा श्री गुप्तेश्वर मावि चोकपुरमा आएका थिए । उनको घर हाङपाङबाट दैनिक रुपमा पढाउन आउने सम्भावना थिएन । त्यसपछि स्कुल नजिकै रहेको सम्बन्धले आफन्त नै पर्ने बन्धु नन्द अधिकारीको घरमा डेरा गरी बस्न  थाले रमेश ।

नन्द अधिकारीका छोरीहरु पनि सोही स्कुलमा पढ्ने भएकाले रमेश र मन्दीरा सगै स्कुल जाने आउने गर्थे । उनीहरुको सम्बन्ध शिक्षक विद्यार्थी भन्दा पनि दाजु बहिनीको थियो ।
प्रहरीका अनुसार रमेश र मन्दीरा पे्रम सम्बन्ध भएको बुझिएको छ । करिब २  बर्ष भन्दा धेरै मन्दीराकै घरमा बसेका रमेश बहिनी पर्ने मन्दीरासँग प्रेम परेका थिए । तर उनीहरुको सम्बन्ध न रमेशको परिवारलाई थाहा थियो न मन्दीराको परिवारलाई ।

यता करिब २ बर्ष पछि केही महिना अघि रमेशको जागिर सरुवा भयो उनकौ घर नजिकै हाङपाङमा पढाउन थाले । अनि रमेशको घरमा विवाहको कुरा चल्यो । अब रमेश के गरु कसो गरौं भए । किनकी मन्दीरा सम्बन्धले बहिनी उनीसँग विवाहको सम्भावना नै थिएन । यो कुरा न त रमेशको परिवारलाई थाहा थियो नत मन्दीराको परिवारलाई नै । तर उनीहरु विचको प्रेम सम्बन्धले आफ्नो विवाह अरु नै सँग हुने पनि सम्भावना रमेशले देखेनन् ।
उता रमेशको अकै युवतीसँग विवाहको टुगंो लगायो मंसिर १४ गते । यता आफ्नो मन्दीरासँगको सम्बन्ध अरुले थाहा पाए विवाह नै भाडिने डर रमेशलाई थियो ।

त्यसपछि रमेशले मन्दीरालाई आफ्नो बाटोबाट सदाको लागि विदा गर्ने निर्मम निर्णय गर्यो । किनकी रमेशको अकै युवतीसँग मंसिर २५ गतेका लागि विवाह गर्ने निर्णय भएको थियो ।

त्यसपछि रमेशले मन्दीरालाई मंसिर १७ गते राती घरबाटै फकाएर तमोर खोला मित्ला पुलको बाटो लिएर गयो  । पुल नजिकै पुगेपछि मन्दीराको घाँटी थिचि हत्या गर्यो रमेशले ।  त्यसपछि मन्दीराको चप्पल र लुगा फुकालेर केही पर लुकाएर उर्लदो तमोर नदीको बेग सगै बिच पुलबाट मन्दीरालाई खोलामा फालिदियो  र घर तिर लाग्यो रमेश ।

यता रातारात मन्दीराको निर्मम हत्या गरी शब नदीमा फालेर घर पुग्यो रमेश । घरमा विवाहको माहोल थियो । उनको कर्तुत कसैलाई थाहा थिएन । सबै विवाहमा केन्द्रीत भए । अनि मंसिर २५ गते रमेशले धुमधाम विवाह गर्यो । रमेशको परिवार अलि सम्पन्न नै भएकोले उनको विवाह रामैसँग भयो । विवाहसँगै रमेशलाई मन्दीराको हत्या घटनाले पनि पोलि रहेको थियो । तर उनले मन्दीराको हत्याको घटना अन्तै मोड्नलाई मन्दीराको फेसबुक पासर्वड रमेशलाई थाहा भएकोले आफैले फेसबुक खोली आफु झापाको एउटा केटासँग विवाह गरेर गएको भन्दै एसएमएस सम्म लेख्न भ्याए ।

यता मन्दीराका बुबा नन्द अधिकारी छोरी हराएको भन्दै हार गुहार गर्न थाले । प्रहरीलाई जानकारी दिए । सबै तिर खोजे तर तिन हप्ता वित्दा पनि छोरी कतै भेटिएन । अन्तत प्रहरीले सम्भावित अभियूतmहरुको खोजी र बयान लिने क्रममा रमेश पहिलो नम्बरमा परे  ।

 

अनि प्रहरीले भर्खरै विवाह गरे रमाइ रहेका रमेशलाई पक्राउ गर्यो । जब रमेशले घटनाको सविस्तार लगायो अनि पर्दाफास भयो मन्दीराको त्यो कहालि लाग्दो एवं निर्मम हत्याको रहस्य । अहिले प्रहरीले घटनामा संलग्न अन्य सहयोगी र प्रमाणहरु खोजी रहेको छ भने मन्दीराको शब भेटिने आशमा उनका आफन्तहरु तमोर नदिको किनारमा दिन रात विताई रहेका छन् । नाइसखबरबाट 

प्रकाशित मिति: २०२०-०१-०१ , समय : १०:५५:५४ , ४ वर्ष अगाडि