आगलागी पीडितलाई नेविसंघको राहत

enepalpatra , ८८०  पटक हेरिएको

राहत वितरण गर्दै विद्यार्थीहरू

कानेपाेखरी १ बैशाख ।
नेपाल विद्यार्थी संघ रमाइलो बहुमुखी क्याम्पस इकाइ समितिले शुक्रबार राहत सामग्री बितरण गरेको छ। आगलागी पीडित मोरङको कानेपोखरी गाउँपालिका १स्थित होक्लावारीका चन्द्र कर्मकार, राजेश हेमरुनलाई संघले राहत सामग्री वितरण गरेको हाे ।

नेबि संघ रमाइलो बहुमुखी क्याम्पसको इकाई सभापति दिपेश रोक्का निवर्तमान सभापति मनोज कार्की तथा इकाई समितिका सदस्यहरुले खाध्यन्न लगायतका सामान वितरण गर्नुभयो ।
घरको सम्पुर्ण सामान जलेर क्षति भएपछि कर्मकार र हेमरुम राहतकाे पर्खाईमा हुनुहुन्थ्यो ।

राहात बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य देबेन्द्र लुइँटेल र कानेपोखरी गाउँपालिका वडा न १ का अध्यक्ष रत्नबहादुर कार्की तथा नेबि संघ रमाइलो बहुमुखी क्याम्पस को इकाई समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १३:४१:०१ , १ वर्ष अगाडि