सूचना प्रविधिको पहुँचले ठगी(अपराध)का शैली फेरिँदै

hari , ३४६  पटक हेरिएको

माङ्मायाले पैसा पठाएको कागज

सूचना प्रविधिको पहुँचले ठगी(अपराध)का शैली फेरिँदै
पथरीशनिश्चरे,२७ चैत । सूचना प्रविधिको पहुँच गाउँ गाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन् ।
मोरङको पथरीशनिश्चरे ३ सुन्दरीचौककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा परेपछि यतिबेला आफ्नो २ लाख रुपियाँ फर्काउन कानूनी उपचार खोजिरहनु भएको छ । ९८२८९७८३०६ नम्बरको मोवाइलबाट ह्वाट्सअप मार्फत माङ्मायासँग कुराकानी सुरुभयो । माङ्मायाका श्रीमान् मलेशिया जानु भएको ५ वर्षभयो । श्रीमान्सँग उति सोह्रो फोन सम्पर्क पनि नहुने । आफ्नो नीजि समस्या त छँदै थियो । त्यसैबेला ह्वाट्सअप मार्फत अमेरिकामा बसेको केटाले प्रेम प्रस्ताव राखेपछि उहाँको मनमा अनेकन कुरा खेल्न थाले । त्यसपछि उताबाट ठगि सुरु भयो । यता अमेरिका बस्न पाउने सुन्दर सपना देख्दै उहाँले आइएमई मार्फत पैसा पठाउन थाल्नुुभयो ।
माङ्मायाले भन्नुभयो–‘ ह्वाट्सअपमा भिडियोे कल गरेर तिमीलाई पठाउन लागेको सुनको सिक्री, न्याक्लेस र घडी पार्सल गर्दैछु , भन्यो ।’ मक्ख पर्नु भएकी माङ्माया आफ्नो उज्जवल भविष्य कल्पना गर्दै सिक्री,न्याकले, मोवाइल र घडी कुरेर बस्नुुभयो । तर,केही दिनमै अमेरिकाको एयरपोर्टमा सामान भन्सारले रोक्योे । भ्नसार क्लिरेन्स गर्न म भन्सार आएको छु पैसा पठाउ भनेर पुन भिडियो कल आयोे । उसैले त्यसको समाधान पनि बताउँदै जसले सामान रोकेको हो उसैका नाममा पैसा पठाउन अनुरोध ग¥यो । हो न हो माङ्माया पनि जसले सामान रोकेको हो उसैलाई पैसा पठाएपछि सामान छोडिदिन्छ हहोला भन्ने भ्रममा पर्नुभयो । उसले आफ्नो नाममा पैसा पठाउनु भनेन । हरेक पटक पैसा पठाउन लगाउँदा उसले बेग्ला बेग्लै बैंक र एकाउण्टमा फरक फरक कामका लागि भनेर पैसा माग्यो । जसले गर्दा माङ्माया विश्वासमा पर्नुभयो । उहाँ भन्नुहुन्छ –उसले आफ्नो नाम रवि शर्मा भन्थ्यो । मैले रवि शर्माको नाममा कहिल्यै पैसा पठाइन ।
माङ्मायाले विभिन्न बहानामा हालसम्म २ लाख रुपियाँ पठाइसक्नु भएको छ । उहाँकी दिदी दिलु लिम्बूले भन्नुुभयो– बहिनीले चारआना सुन बिक्री गरेर र २ तोला सुन धरौटी राखेर १ लाख ७५ हजार पठाइछ । अरु आफैसँग भएको २५ हजार पनि सुरु मै पठाएको रहेछ ।’ सुरुका दिनमा कसैलाई नभनी सुटुक्क पैसा पठाउनु भएकी माङ्मायाले १५ दिनको बीचमा २ लाख पठाएपछि रविले न फोन गर्छ , न रिसिभ गर्छ । त्यसपछि मात्र ठगिएको थाहा पाएर समाजसँग हार गुहार गर्नुभयो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले साइवर अपराधका घटनाहरूसँग स्वयं जोेगिनु पर्ने बताउनुभयो । यस्ता अपराधको अनुसन्धान केन्द्रीय साइवर ब्युरोले हेर्ने भएकोले आएका उजुरीलाई माथिल्लो निकायमा पठाउने काम मात्र इलाका प्रहरी कार्यालयहरूले गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:४८:१९ , १ वर्ष अगाडि