सामुदायिक बिद्यालयका शिक्षक तथा ब्यबस्थापन समितिलाई तालिम

रबिन श्रेष्ठ , २२०  पटक हेरिएको

लेटाङ, ११ चैत । ग्रामिण क्षेत्रको शिक्षाको गुणस्तरियता वृद्धिको लागि लेटाङ १ का सामुदायिक बिद्यालयका शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुलाई आयोजित २ दिने तालिम शनिबार सम्पन्न गरिएको छ ।

पहाडी ग्रामिण विकास संख्या उत्तरी मोरङ (हर्डन) को आयोजनामा गुणस्तरियता वृद्धिको लागि चैत्र १० र ११ गते वडा नम्बर १ का ६ वटा बिद्यालयलाई ‘बिद्यालय सुधार योजना निर्माण, कार्यन्वयन र अनुगमन’ सम्बन्धि तालिम प्रदान गरिएको हो । मेनोनाईट सेन्ट्रल कमिटि नेपालको ग्रामिण शिक्षा परियोजना र लेटाङ वडा नम्बर १ को आर्थिक सहयोगमा भएको तालिममा बिद्यालयको अबाकस विश्लेषण, ग्रामिण क्षेत्रमा गुणस्तरियता बृद्दिका लागि शिक्षक, बिद्यालय ब्यबस्थापन समिती र अभिभाबकको भुमिका, बिद्यालय सुधार योजना निर्माण, कार्यन्वयन र अनुगमनका चरणहरु, कक्षाकोठालाई प्रबिधिमैत्री बनाउने, बिद्यालयको बार्षिक योजना निर्माणलगायतका बिषयमा देबराज सापकोटा र कृष्णराज राईले सहजिकरण गर्नुभएको थियो ।

तालिम कार्यक्रमलाई अनुगमन गर्नु हुँदै वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु कुमार मगरले लेटाङ १ को शिक्षामा गुणस्तरियता ल्याउन शिक्षक र बि.ब्य.स.ले योजना निर्माण गरेर अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले तालिमलाई उपलब्धीमुलक बनाउन र गुणस्तरियता बृद्दी गर्न अभिभावक शिक्षालाई महत्व दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै हर्डनका अध्यक्ष सेरमान तामाङले तालिममा सिकेका बिषय र बनाएका योजनाहरुलाई कार्यान्वयन भए नभएको लेटाङ नगरपालिका तथा शिक्षा शाखा कार्यलयले प्रभाबकारी अनुगमन गर्नुपर्ने बताउनुभयो । भोगटेनी क्षेत्रको शिक्षालाई नमुना, बालमैत्री र प्रबिधिमैत्री बनाउन सबै सरोकारहरु जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा साग्मा र भोगटेनी मा.बि. तथा बालबिकास, कन्यादेबी, कुईकुण्डा र भोगटेनी आधारभुत बिद्यालयका ४० जना शिक्षक तथा बि.ब्य.स. सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : २३:०२:५१ , १ वर्ष अगाडि