पटके करमा मनलाग्दी , नगरपालिकाको भुमिका शंकास्पद

rabin shresth , ४३३  पटक हेरिएको

लेटाङ ९ चैत । लेटाङ नगरपालिकाले पटके कर मनलाग्दी रुपमा उठाउने ठेकेदारलाई उन्मुक्ती दिदै आएको पार्ईएको छ । पटके करको विषयमा पटक पटक आवज उठ्दा समेत वेवास्ता गर्दै आएको लेटाङ नगरपालिकाले जिपको १० रुपैया लिनुपर्ने ठाउँमा २० रुपैया लिएको प्रमाण फेला परेको छ ।

गत भदौमा मिनि ट्रकलाई २० रुपैया लिनुपर्ने ठाउँमा ५० रुपैया लिएको पाईएपछि लेटाङ खबरले समाचार प्रकाशन गरेको थियो ।
सुशाषनको विषयमा चर्को भाषण गर्ने वर्तमान नगरप्रमुखले पटक पटक यस विषयमा मौन वस्नु संकास्पद देखिएको नगरवासीले आवाज उठाउन थालेका छन् । आज सामाजिक संजालमा प्रमाण सहित राखिएको भिडियो फोटोले उक्त कुराको पुष्टी भएको छ ।

गएको भदौ २५ गते समेत लेटाङवाट सामान लिएर जादैँ गरेको मिनिट्रकलाई बढी कर लिएको भन्दै नगरपालिकाको ध्यानकर्षण गराउदा तत्काल सच्याउने बचन दिईएको थियो । बोर्ड टासेर दर रेट समेत राखेको र अव यस्तो नहुने बताएको नगरपालिकाले प्रत्येक गाडीवाट दोव्वर कर दिदै आएको भनि गुनासो सुन्ने गरिएको छ । सर्वसाधरणले पटके कर नियम अनुसार लिनुपर्नेे भन्दै आवाज उठाईरहेका छन् ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १५:४६:१० , १२ महिना अगाडि