पानी जीवनसँग जोडिएको छ : सांसद लिम्बु

ईनेपालपत्र समाचारदाता , २१४  पटक हेरिएको

लेटाङ, ३०फागुन ।खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था लेटाङले मंगलबार आफ्नो २३औँ साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सुर्यबहादुर गिनेल मगरको अध्यक्षता तथा संघिय सांसद डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्नेहरुले पानीको स्रोत संरक्षण गर्न तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लिम्बुले लेटाङको खानेपानी संस्थाले उपभोक्ताको हित हुने काम गरेको बताउनुभयो । पानी जीवनसँग जोडिएकाले स्वच्छ पानी पिउन पाउँनु हरेक नागरिकको अधिकारलाई मार्न नदिएको उल्लेख गर्दै उहाँले आगामी दिनहरुमा खानेपानीको सुविधालाई मध्यनजर गर्दै कार्ययोजना बनाउँने तर्फ लेटाङ खानेपानी संस्था लाग्ने विश्वास रहेको बताउनुभयो ।
पानीको मुख्य स्रोत सुनिश्चित गर्नको लागि दीर्घकालिन योजनाहरु तयार पार्नुपर्ने भन्दै ‘बढ्दो जनघनत्वले शहरी क्षेत्रमा खानेपानीको उपभोक्ताहरु बढ्दै जाँदा अहिले नै उचित पानीको स्रोत संरक्षणमा लाग्नुपर्ने देखिन्छ ।’ लिम्बुले बताउनुभयो । उहाँले आम उपभोक्ता माँझ जुन रुपमा लेटाङ खानेपानीले गुणस्तरीय खानेपानीको सुविधा प्रदान गरेको छ, आगामी आउने दिनहरुमा पनि यो भन्दा बढी प्रेरित हुने काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि शंकर राईले खानेपानीमा चुनौती धेरै रहेकाले सबैको सहयोग चाहिने बताउनुभयो ।
आर्थिक मन्दिले जनता मारमा परिरहेको बेला खानेपानीको शुल्क घटाउनु राम्रो भएता पनि यसलाई स्थानिय सरकार सहित माथिल्ला सरकारले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । टिडिएफको ऋण सहायताले लेटाङ बासिले खानेपानीको दुख्ख टरे पनि चुनौतिहरुलाई सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिना , वडा नं. ३ का वडा अध्यक्ष डम्बर राईले शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव राजकुमार उदाशले सबै खानेपानी उपभोक्ताहरुलाई खानेपानीको सुवीधा घरघरमा पु¥याउन संस्थाको प्रतिवद्धता अनुसार हाल सम्म ५ हजार ७ सय ५५ धारा जडान गरिसकिएको बताउनुभयो ।

संस्थाले लेटाङ खानेपानीको मासिक शुल्क समेत घटाएको छ । मासिक २५० रुपैया लिदै आएकोमा चैत १ गते बाट २ सय रुपैया मात्र लिने निर्णय पारित गरेको संस्थाका अध्यक्ष सुर्य गिनेल मगरले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २०२३-०३-१४ , समय : १८:५८:२६ , १ वर्ष अगाडि