आज रातिसम्ममा प्रदेश नं.१ ले नाम पाउने

enepalpatra , १७९  पटक हेरिएको

विराटनगर,  १७ फागुन ।  प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमाथि प्रदेश सभाको बैठकमा छलफल जारी छ।  मोरङ क्षेत्र ३ (क)का प्रदेश सभा सदस्य मानबहादुर लिम्बुका अनुसार प्रदेशको नाम ‘कोसी’ प्रदेश राख्ने प्रस्तावमाथि छलफल भइरहेको छ।

एमालेका प्रदेश सभा सदस्य रामराना मगर प्रस्तावक रहेको प्रस्ताव प्रदेश सभामा पेश भएपछि छलफल सुरु भएको हो

प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढेको हो।

प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ।

प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नु पर्ने भन्दै दबाब दिइरहेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्नुहुँदै प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिनुभयो।

संसदको छलफलमा रहनु भएकी सांसद शोेभा चेम्जोङ पालुङ्वाले भन्नुभयो–सहमति अन्तिम चरणमा पुगेको छ । तर, सबै प्रक्रिया पुरा गर्न अझै समय लाग्न सक्छ । उहाँले आजै राति सम्ममा अन्तिम टुङ्गोमा पुगिने बताउनु भयो ।

प्रस्तावमाथि छलफल सकिएपछि मतदानको प्रक्रियाबाट प्रदेशको नाम सभामुखले घोषणा गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: २०२३-०३-०१ , समय : १८:१८:१९ , १ वर्ष अगाडि