पुर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने

hari , ७४  पटक हेरिएको

दुई मन्त्रालयका सचिव विश्वविद्यालय का भिसी र डाक्टर शर्मा सम्झौतामा हस्ताक्षर गर्दै

काठमाडौँ , १४ फागुन । मोरङका प्रभावशाली नेता डा.  सुनील शर्माको प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने  अनुमति पाएकाे  छ। आज (आइतबार) त्रिपक्षीय सम्झौता भए सँगै विश्वविद्यालयले कोसी अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने अनुमति पाएको हो । यो सम्झौता सँगै विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको छ ।

आज (आइतबार) नेपाली कांग्रेसका नेता तथा माेरङ ३ का  प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माको अगुवाइमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा . रोशन पोखरेल र विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. यादवराज कोइरालाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच त्रिपक्षीय सम्झौता गरेका छन् । यस सम्झौता भए सँगै पूर्वाञ्चल विश्वविद्यालयले कोसी अस्पताललाई आङ्गिक रूपमा मेडिकल कलेज सञ्चालन गर्न पाउने भएको छ ।

विश्वविद्यालयले २०६२ सालयता पटक पटक मेडिकल कलेज सञ्चालनको प्रयास गरेता पनि जनआन्दोलन, डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलन र राजनीतिक अस्थिरतासँगै खिचातानीले असर गरेको थियो । ८ सय ५ बिगाहामा फैलिएको विश्वविद्यालयसँग भौतिक संरचना बनाउन पर्याप्त जग्गा छ ।

डा. सुनिल शर्माको सार्थक प्रयास

आगामी शैक्षिक सत्रबाटै कलेज सञ्चालन गर्ने लक्ष्य लिएको विश्वविद्यालयको डा. सुनिल शर्माले प्रमुख भूमिका निर्वाह गर्दै पटक पटक विश्वविद्यालयका पदाधिकारी, राजनीतिक कर्मी, सरोकारवालासँग छलफल र समन्वय गर्दै आइरहेका थिए ।

डा. शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाई चुनावी एजेण्डा नै बनाएका थिए । उनले मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिन ढिलाइ हुँदा प्रतिनिधिसभाको विशेष समयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको स्वीकृति पाएसँगै उक्त कार्यमा साथ दिने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, माओवादीका जीवन आचार्यका साथै मन्त्रालयका सचिव द्वय रामकृष्ण सुवेदी र डा रोशन पोखरेल तथा विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालालाई डा शर्माले धन्यावाद व्यक्त गरे ।

विश्वविद्यालयले कलेज सञ्चालनको स्वीकृति पाएसँगै फ्याकल्टी नियुक्त, पूर्वाधार निर्माणको योजनाहरू अगाडी बढाउने तयारी थालेको छ । तत्कालका लागि कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रूपमा पूर्वाधारहरू निर्माण गर्ने लक्ष्य लिइएको छ । मेडिकल कलेज सञ्चालनका लागि तीन सय बेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १९:३२:०४ , ४ हप्ता अगाडि