अंशु गौतम प्रकरणमा शान्तिसंयमता अपनाउन अपिल

निरोज ढकाल , ५  पटक हेरिएको

अंशु गौतम प्रकरणमा शान्तिसंयमता अपनाउन अपिल

 

लेटाङ २१, मंसिर। लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा छिमेकी पदमबहादुर अधिकारी दोषी ठहर भइसकेपछि स्थानियमा आक्रोसि बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै मोरङ प्रहरीले स्थानीय समुदायलाई शान्ति संयमता र कानुनी प्रक्रियाप्रति भरोसा राख्न अपिल गरेको छ।

 

प्रहरीका अनुसार फरेन्सिक प्रमाण, सिसिटिभी विश्लेषण, स्थलगत अध्ययन र विस्तृत बयानका आधारमा घटनाको सम्पूर्ण पक्ष स्पष्ट भइसकेको छ। अब अदालतमा मुद्दा दर्ता तथा कानुनीरूपमा कडा सजाय माग गर्ने प्रक्रिया मात्र अघि बढ्न बाँकी छ।

 

यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै प्रहरीले भीडभाड, कोलाहल, तनावपूर्ण गतिविधि वा सामाजिक माध्यममा अफवाह फैलिने अवस्था नआओस् भनी सचेत गराउँदै, “दोषी पहिचान भइसकेको अवस्थामा कानुनी निकायलाई निष्पक्ष रूपमा काम गर्न सबैको सहयोग आवश्यक छ,” भन्दै संयमतापूर्वक सद्भाव कायम राखिदिन अनुरोध गरेको छ।

 

स्थानीय तहले पनि गाउँमा उत्पन्न भावनात्मक वातावरणलाई बुझ्दै, समुदायबीच आपसी मर्यादा, सुरक्षा सतर्कता र धैर्य राख्न आग्रह गरेको छ। घटनाको न्यायिक निष्कर्षसम्म सबैले शान्तिपूर्वक साथ दिएर सामाजिक सद्भाव जोगाइराख्न दुवै निकायले आह्वान गरेका छन्।

प्रकाशित मिति: २०२५-१२-०८ , समय : ०८:०७:०३ , २ घन्टा अगाडि