मिक्लाजुङमा १३ वटा हात्ती एकैपटक गाउँ पसे

ईनेपालपत्र समाचारदाता , ३९४  पटक हेरिएको

मिक्लाजुङ- मोरङ, ९ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ लगायतका केही स्थानमा दिनहुँ जस्तो हात्तीले उपद्रो मच्चाउन थालेको छ ।

सोमबार राति ४ वटा बच्चा सहित करिब १३ वटा हात्तीको समुह गाउँ पसेर वडा नम्बर ६ वडा कार्यालय आसपासका ३ घरमा सामान्य क्षति पुर्‍याएको छ । वडा कार्यालय पुर्व हरि सुबेदीको घर भित्र थन्काएर राखेको करिब २० मन धान, टिनको बेरा फोरेर जमिनमा छरिदिएको तथा वडा कार्यलय दक्षिण गोविन्द निरौलाको भान्सा घरको एकपाटो कोल्टिाएको साथै कल्पना खड्को घरको झ्यालको सिसा फुटाएको तथा २ बोरा मकै छरिदिएको वडाध्यक्ष खडी मगरले बताए।

हात्तीको त्रासले स्थानीय रातभर सुत्न छाडेका छन ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०९:३१:१३ , ३ वर्ष अगाडि