किसान कल्याण सहकारी प्रदेश १ कै उत्कृष्ट घोषित

ईनेपालपत्र समाचारदाता , ४०१  पटक हेरिएको

इटहरी  २२ पुस। इटहरीमा सञ्चालनमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाप्रदेश १ कै उत्कृष्ठ सहकारी घोषित भएको छ । प्रदेश १मा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट किसान कल्याण उत्कृष्ट सहकारी घोषित भएको हो ।
गत पुस १६ गते राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औँ बार्षिक साधारण सभाको अवसरमा किसान कल्याण सहकारीलाई उत्कृष्ठ सहकारी घोषणा गरिएको हो । बैंकका सदस्य संस्थाहरु मध्येबाट कारोबारको आधारमा उत्कृष्ठ सहकारी छनौट गरिएको राष्ट्रिय सहकारी बैंकले जनाएको छ । उत्कष्ठ घोषित सहकारीलाई राष्ट्रिय सहकारी बैंको स्थापना दिवसको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कृत गरिने जनाईएको छ ।
इटहरी उपमहानगरपालिकामा मुख्य कार्यालय रहेको किसान कल्याण सहकारी २७ बर्ष पुरानो र स्थापित संस्था हो । संस्थाले सुनसरी जिल्लाका विभिन्न ८ स्थानका सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । सुनसरी जिल्लामै सबैभन्दा धेरै १९ हजार शेयर सदस्य रहेको संस्थाको रुपमा स्थापित रहेको छ । यस सहकारी संस्थाको १ अर्ब ११ करोडको कुल सम्पती रहेको संस्थाका प्रमुख कार्यकारी अधिृकत पुष्कर बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश नं. १ मा संचालित बचत ऋण सहकारी संस्थाहरु मध्ये किसान कल्याण बचत तथा ऋण सहकारी संस्थालि. लाई उत्कृष्ट सहकारी को रूपमा पुरस्कृत गर्ने घोषणा गरिएको छ । मिति २०७९/०९/१६ गते सम्पन्न राष्ट्रीय सहकारी बैंक लि. को १९औँ बार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारको घोषणा बैंकका सदस्य संस्थाहरू मध्ये कारोबारका आधारमा गरिएको हो ।
स्थापनाको २७ वर्ष पूरा गरेको किसान कल्याण साकोसले आठ ओटा सेवाकेन्द्र मार्फत सेवादिइरहेको र संस्थामा सुनसरी जिल्लामै सबैभन्दा धेरै १९,००००– शेयर सदस्य, १ अरब ११ करोडको कुल सम्पती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०१-०६ , समय : ०७:१७:०४ , ३ वर्ष अगाडि