डिगबहादुर लिम्बुको क्रेज बढ्दो

मिक्लजुङबासिले भने हामिलाई तपाईं जस्तो नेता चाहिएको छ

इनेपालपत्र , ५१५  पटक हेरिएको

मधुमल्ला ,६ कात्तिक। कांग्रेस , माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादि सहित बनेको लोकतान्त्रिक बाम गठबन्धनको बुधबार मोरङ को मिक्लाजुङ वाड न:८ ताेरिबारिमा उमेद्वार परिचय तथा कर्याकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।उक्त संघ र प्रदेशका उमेद्धार परिचय तथा कार्यकर्ता भेटघाटको संयुक्त कार्यक्रममा नेताहरुले गठबन्धनका उमेद्धारलाई जिताउन ढुक्कका साथ मतदाताहरु समक्ष सर्कुलर गर्न आग्रह गरेका छन । उक्त अवसरमा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सक्रिय सहभागिता सहित लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन नेताहरुले आग्रह गरेका हुन कार्यक्रममा नेपाली कांग्रेस माहसमिति सदस्य ललित अधिकारी नेपाली काङ्ग्रेस मिक्लाजुङ का पाटि सभापति खगेन्द्र माधेनले मोरङ १ को बिकास कांग्रेस सहितको गठबन्धनले मात्र गर्न सक्ने बताए । उनले सबै कार्यकर्तालाई निर्वाचनमा सहभागी हुन निर्देशन समेत गरे । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले गठबन्धनका उमेद्वारले जनताको भावना बोक्ने भएकाले जिताउन अनुरोध गरे बिकास र समृद्दी कांग्रेस सहितको गठबन्धनको एजेन्डा भएकोले यसलाई पूरा गर्नका लागि प्रतिनिधि सभामा रुख चिन्ह, प्रदेश “क” मा हँसिया हथौडा चिन्ह र प्रदेश “ख” मा कलम चिन्हमा मतदान गर्न आग्रह गरे । समानुपातिक तर्फ २ वटै भोट रुख चिन्हमा दिन समेत उहाँले आग्रह गरे । त्यसैगरी प्रदेश क उम्मेद्बार कुशल लिम्बुले संबिधानको खिल्ली उडाएर जनभावना बिपरित काम गरेकाले हालको गठबन्धन गर्नुपरेको साथै संविधान र लोतन्त्रलाई स्थापित गर्न पनि आज गठबन्धनतर्फका उमेद्वारहरुलाई भोट दिन अनुरोध गरे । कार्यक्रममा लिम्बुले लोकतान्त्रिक गठबन्धनका उमेद्धारहरु हार्नु भनेको सिंगो व्यवस्था हार्नु रहेको बताउनुभयो । ” उमेद्धार एउटा पात्र मात्र नभएर यो गठबन्धनको भाग्य र भविश्य संग जोडिएको छ त्यसैले सबैले विश्वासका साथ ढुक्क भएर निर्वाचनमा होमिएर आफ्ना कार्यकर्ता शुभचिन्तकहरुकहा जाँन आग्रह गर्दछु” उनले भने । नेकपा समाजबाधि का मानबादुर श्रेष्ठले नेकपा”एमालेको चुनावी नारी वृद्धभत्ता बुढो भइसकेको बताउदै भारी मतका साथ गठबन्धन दलले चुनाव जित्ने अवस्था छ । दुइ दुइ पटक संसद विघठन गरेर राज्य र नेपाली जनतालाई धोका दिएकाले एमालेसंग चुनावमा जाने नयाँ योजना एजेन्डा छैन । त्यसैले सबै गठबन्धन दलका कार्यकर्ताहरु सबै एकढुक्क भएर एकतावद्ध भएर निर्वाचनमा होमिनुस देशैभरी गठबन्धनले जित्नेमा हामी ढुक्क छौं” भने । कार्यक्रमका मिक्लाजुङ वाड नम्बर ८ का वाड अध्यक्ष पुर्ण वाहदुर कुवर प्रबेस वडा सदस्य सन्तोस कार्की ले मन्तव्य राख्नु भयेकाे थियाे भने वाड न:८ ले जिल्ला सभापति डिग बाहदुर लिम्बू लाई ज्ञापन बुझाऐकाे थियाे । भेटघाटमा स्थानियले डिगबहादुर लिम्बू जित्द्दा वा हार्दा समेत जनताको साथमा सधै हुने भएकाले यस्तै नेताको आवश्यकता रहेक्क बताएका थिए ।

प्रकाशित मिति: २०२२-१०-२३ , समय : १९:३९:५० , ३ वर्ष अगाडि