हाम्रो समाचारदाता , ४५३ पटक हेरिएको
पथरी,५ कार्तिक। मोरङको पथरीमा मोटरसाईकल दुर्घटना हुदा चालकको ज्यान गएको छ।
ज्यान जानेमा झापा बिर्तामोडका ४५ वर्षीय हरिकुमार बस्नेत रहेका छन।
पुर्वपश्चिम सडकको जयचोक खण्डमा शुक्रबार राति आठ बजेतिर पश्चिमतिर आउदै गरेकोे को ३७ प ३२५५ नम्वरको मोटरसाईकल आफै दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भिर घाईते मोटरसाईकल चालक बस्नेतको उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।पुर्वपश्चिम राजमार्ग स्थित मोरङको पथरीशनिश्चरे नगरपालिका-२ को सेल्फी रोड नजिकै सुनझोडा पुलमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
लामो समय अष्टे्रलिया बसेर छुट्टी मनाउन एक महिना अघि नेपाल आएका झापाको अनारमुनी-४ बस्ने वर्ष ४५ का हरीकुमार बस्नेतको मोटरसाइकल दुर्घटनमा परी मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
पश्चिमबाट पुर्व गइरहेको को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रीत भै शुक्रवार राती ८ः१० बजेको समयमा दुर्घटना परेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी टाउको र पेटमा चोट लागेर गम्भिर घाईते बनेका बस्नेतको मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
यस्तै बस्नेतसगै सवार अर्का मोरङको कानेपोखरी-२ बस्ने वर्ष ५२ का छत्र निरौलाको खुट्टा र हात भाँचिएको प्रहरीले जनाएको छ । घाईते निरौलाको थप उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेज लगिएको बताइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल निरौलाले चलाएको र उनले मादक पदार्थ सेवन गरेको पाइएको ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी बेदप्रसाद गौतमले बताउनु भयो ।
प्रकाशित मिति: २०२२-१०-२२ , समय : १४:०९:५९ , ३ वर्ष अगाडि