सुनसरीबाट आधुनिक हतियार र गोली बरामद

Enepal Patra Pvt. Ltd. , ५५१  पटक हेरिएको

विराटनगर, ६ पुस। प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ । विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।

बरामद हतियार र गोली खिया लागेको अवस्थामा बरामद भएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले  जानकारी दिनुभयाे । उहाँका अनुसार हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।

विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो । बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

अनलाईन खबरले समाचार लेखेकाे छ ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : १७:०५:१० , ४ वर्ष अगाडि