ईनेपालपत्र , ८४९ पटक हेरिएको
बेलबारी, १९ असोज । बेलबारीको मुख्य बजारभन्दा लगभग डेढ किलोमिटर पूर्वमा रहेको वेतना सिमसार जसले मोरङ जिल्लाको सिमसारको प्रतिनिधित्व गरिरहेको छ । पूर्वपश्चिम लोकमार्गमा नै रहेको हुनाले यस सिमसारमा सहजै पुग्न सकिन्छ । पहिले बेतको वन रहेको हुनाले त्यसैको आधारमा यसको नाम बेतना राखिएको स्थानीय बताउँछन् ।
लगभग १५ बिघा क्षेत्रमा फैलिएको सिमसारलाई अहिले शृङ्गारीदै लगिएको छ । उतरी मोरङको विभिन्न ठाउमा सिमसार रहे पनि वेतना सिमसार यातायातको सहज पहुचमा रहेको छ । जसका कारण यस सिमसारमा बाह्र मास आन्तरिक देखी बाह्र्य पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । मूल फुटेर आँफै आएको पानीले बनेको पोखरीको रमणिय दृश्यले झन पर्यटकको मन लोभ्याएको छ । विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यसको विकास द्रुत गतिमा हुदै गएको छ ।
स्वच्द्ध, सुन्दर पोखरी सहित मिनि चिडियाखानाको रुपमा विकास हुदै आएको बेतनालाई वेतना सिमसार व्यवस्थापन समितिले थप शृङ्गारीदै लाने भएको छ । पोखरीमा उम्रिएको विभिन्न प्रजातिको बिरुवहरुलाई व्यवस्थित गर्दै सिमसार वरीपरी पर्यटकहरुलाई सहज हुन रात्रीकालिन बिजुली बत्तिको समेत व्यवस्थापना गर्ने सिमसारका अध्यक्ष डम्बर बस्नेतले बताए । यहाँ विभिन्न चराचुरुङ्गी हेर्न सकिनेमात्र हैन पोखरीमा रहेको बोटिङमा सर्वसाधारण झ्यामिने गरेका छन् । यस क्षेत्रमा प्राकृतिक सम्पदा र साैन्दर्यताले भरिपूर्ण तथा मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । थरिथरिका चरा चुरुङ्गी, माछा तथा अन्य वन्यजन्तु हेर्न सकिन्छ । तस्बिरका पारखीका निम्ति यो ठाउँ महत्वपूर्ण गन्तव्य बनेको छ । यसो त अहिले दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक आउन थालेका छन् ।
मिनि चिडियाखानाको नामले पनि परिचित छ वेतना सिमसार । सर्प, बाँदर लगायत थुप्रै जीवजन्तुको अवलोकन गर्न पाईन्छ । सिमसारमा ५८ प्रजातीका चरा, लोपउन्मुुख प्राणि ४ प्रकारका , कछुुवा ४ प्रकारका तथा १० प्रकारका माछा रहेका छन । सिमसारमा एक नम्वर प्रदेशवाट मात्र नभएर भारतवाट समेत पर्यटकहरु घुुम्न आउने गर्दछन ।
प्रकाशित मिति: २०२२-१०-०५ , समय : २१:०३:३३ , ३ वर्ष अगाडि