पुर्वाधार संभार शुल्कमा मनोमानि , नगरपालिका समेत मुकदर्शक बनेको आरोप

ईनेपालपत्र , ३१३  पटक हेरिएको

लेटाङ , ८ असोज । मिनिट्रक लाई २० रुपैया पुर्वाधार संभार कर लिनुपर्ने स्पष्ट ब्यवस्थालाई लत्याउदै ठेकेदारले मनोमानी शुल्क लिने गरेको तथ्य बाहिरिएको छ ।

ब्यबसायी रोशन श्रेष्ठले मिनिट्रकको शुल्क नगरपालिकाले २० रुपैया तोकेको र बढी शुल्क नलिन अनुनय गर्दा समेत माथिको आदेश भन्दै कर उठाउने कर्मचारीले ५० रुपैयाको रसिद आफुलाई थमाईदिएको बताउनुभयो ।

ब्यबसायको सिलसिलामा सधै लेटाङ आईरहनुपर्ने भएकोले नियम बमोजिम कर तिर्छु भन्दा माथिको आदेश भन्दै ५० रुपैयाको रसिद थमाईदिने गरेको श्रेष्ठले बताए । श्रेष्ठले लेटाङ नगरपालिकामा समेत गुनासो सहितको जानकारी गराउदा समेत सुनुवाई नगरी मुकदर्शक बनेको आरोप लगाउनुभयो । करको दररेटमा ठेकेदारले मनपरी शुल्क उठाउदा अम्लिसो तथा केरा ब्यबसायीलाई समेत सास्ती भएको गुनासो ब्यबसायी दिपक ढकालले गरे ।

यता लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम घिमिरेले आफु कहाँ प्रमाण सहित गुनासो आए ठेकेदार लाई कारबाही गरिने बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०९-२४ , समय : १४:२७:३३ , २ वर्ष अगाडि