ट्रिफरले बाटो बिगारेपछि लालभित्तिका स्थानीय आन्दोलित

ईनेपालपत्र , २२२  पटक हेरिएको

बेलबारी २९ भदौ। ट्रिफरले बाटो बिगारेको भन्दै मोरङको बेलबारीका स्थानीयले ट्रिफर सञ्चालनमा अवरोध गरेका छन् । मिसगिटी उठाउन झरेका ट्रिफरलाई बेलबारी वडा न २ शान्ति चोकका स्थानीयले रोकेर फिर्ता पठाएका छन ।
लालभित्ती दक्षिणमा रहेको स्टक उठाउन आएका सबै ट्रिफरलाई उनीहरूले रोकेर फिर्ता पठाएका हुन । टिफ्ररले बाटो बिगारेर हिँड्नै नहुने अवस्थामा पुगेकोले उनीहरूले अवरोध गरेर अर्को वैकल्पिक बाटोको प्रयोग गर्न भन्दै गाडी फिर्ता पठाइदिएका हुन ।
स्टक धनीले सो क्षेत्रमा रहेका युवाहरूसँग सहजीकरण गरेर २७ गतेबाट आफ्नो स्टक उठाउन सुरु गरेका थिए । स्थानीय युवा क्लबलाई खेलकुद सामग्री दिने सल्लाहका साथ स्टक उठाउन थालिएको भएपनि स्थानीयले भने बाटो बिगारेर पाएका खेलकुद सामग्रीको कुनै औचित्य नरहेको, आफूहरू कुनै पनि हालतमा ट्रिफर सञ्चालन गर्न नदिने भनेर विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति: २०२२-०९-१४ , समय : ०९:१४:०० , २ वर्ष अगाडि