विपि कोइरालाको जन्मजयन्तिको अवशरमा सरसफाईका सामाग्री हस्तान्तरण

ईनेपालपत्र , ५३१  पटक हेरिएको

केराबारी, २५ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक विपि कोईरालाको १०९ औं जन्मजयन्तीको अवसरमा तरुण दल केराबारीले सरसफाइका सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको छ ।

जननायक विपि कोईरालाको १०९ जन्मजयन्तीको अवसरमा शनिबार केराबारी – ६ कालापानीस्थित सर्पदंश उपचार केन्द्रलाई तरुण दल केराबारीले सरसफाइका सम्पुर्ण सामाग्रीहरु सहयोग गरेको तरुण दल केराबारीका अध्यक्ष पप्पु साहले जानकारी दिए ।

सरसफाइका सामाग्रीहरु सर्पदंश उपचार केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष उपेन्द्र लुङ्गेलीलाई हस्तान्तरण गरिएको उनले बताए ।

प्रकाशित मिति: २०२२-०९-१० , समय : १९:५८:२९ , ३ वर्ष अगाडि