रिजुले जितिन मिस पूर्वाञ्चलको उपाधि

Enepal Patra Pvt. Ltd. , १३९७  पटक हेरिएको

पथरीशनिश्चरे / मोरङ पथरीशनिश्चरेकी रिजु भट्टराईले मिस पूर्वाञ्चल २०२० को उपाधि जितेकी छिन् ।

धरान सभागृहमा शनिबार राती अबेरसम्म चलेको फाइनल राउण्डमा २० जना प्रतिष्पर्धीलाई उछिन्दै रिजुले उपाधि जितेकी हुन् रिजुलाई यसअघिकी विजेता पूजा श्रेष्ठले क्राउन पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ पनि पाइन् । उनले अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

उनले उपाधिसँगै मिस पर्सनालिटीको पनि सवटाइटल जितेकी थिइन् । पथरीको पञ्चायत उमाविबाट प्लस 2 गरेकी सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने गरेको बताउँछिन् । रिजुले मिस पूर्वाञ्चलको उपाधिसँगै हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता पनि हुन् ।

त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू सेकेन्ड रनरअप बनिन् । प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाए ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : १४:४६:५९ , ६ वर्ष अगाडि