डिगबहादुर लिम्बू सहित प्रतिनिधि सभा सदस्य उम्मेद्बारमा ४ सिफारिस

ईनेपालपत्र , ४७०  पटक हेरिएको

लेटाङ , १९ भदौ । आसन्न मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको लागि नेपाली कांग्रेसको तर्फ बाट मोरङ क्षेत्र १ बाट जिल्ला सभापती डिगबहादुर लिम्बू सहित ४ जनाको नाम सिफारिस भएको छ ।
आज मोरङको क्षेत्र नम्वर १ लेटाङमा बसेको क्षेत्रिय पदाधिकारीहरुको बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि ४ जनकाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुने हरुमा जिल्ला सभापति डिगबहादुर लिम्वु, महाधिवेसन प्रतिनिधी राम प्रसाद पोख्रेल, प्रदेश नम्वर १ सदस्य आरती देवि बराल र प्रदेश प्रतिनिधी सदस्य जय धर्म आर्चायको नाम सिफारि गरेको हो ।
यस्तै प्रतिनिधी सभाको समानुपाकि तर्फ महाधिवेसन प्रतिनिधी ललित अधिकारी, पुर्व महाधिवेसन प्रतिनिधी दिब्यादेबी बस्नेत र प्रदेश सहसचिव क्षेत्र नम्वर १ ‘क’ का नारायण धिमाल नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश प्रतक्षतर्फ क्षेत्र ‘क’ मा महाधिवेसन प्रतिनिधी चिरिञ्जवी थापा, प्रदेश १ सदस्य अर्जुन तुम्रोक, महाधिवेसन प्रतिनिधी गोमा नेपाल र बीरवल थापाको नाम सिफारिस भएको छ ।
यस्तै समानुपातिक तर्फ प्रदेश सहमाहमन्त्री खड्ग फागो, महाधिवेसन प्रतिनिधी शोभा पालुङवा, विजयी कार्की र जिल्ला सदस्य नेन्त्र कुमारी भट्टराई(श्रेष्ठ) को नाम सिफारिस भएको छ ।
प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ क्षेत्रिय सभापति शंकर राई, प्रदेश प्रतिनिधी/सदस्य बृष बहादुर थापा र केराबारी गाउपालिका सभापति प्रकाश बस्नेत नाम सिफारिस भएको छ । समानुपाति तर्फ निवर्तमान महासमिती सदस्य सुभद्रा भट्टराई, महाधिवेशन प्रतिनिधी इन्द्र बहादुर लिम्वु र प्रदेश प्रतिनिधी सदस्य विमल राईको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : ०९:२१:०१ , २ वर्ष अगाडि