उपचारमा आएको समस्या समाधान गर्न नेता राईको अनुरोध

ईनेपालपत्र , ६४४  पटक हेरिएको

बिराटनगर ,९ भदौ । नेपाली कांग्रेसका क्षेत्रीय सभापती शंकर राईले मोरङ क्षेत्र नं. १ बाट बिरामी भएर बिराटनगरका अस्पतालमा उपचार गराईरहेका स्थानीय संग भेट गरेर उपचारमा भैइरहेको समस्या समाधानका लागि पहल गर्नुभएको छ ।

बिराटनगर अस्पताल र नर्सिङ होममा उपचार गर्दा बिरामी र आफन्तलाई अस्पतालमा आउने आर्थिक तथा प्रसासनिक समस्या समाधानका लागि अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र कार्कीलाई अनुरोध गर्नुभयो ।
त्यस्तै नोबेल अस्पतालमा उपचार गराईरहेका बिरामिको समस्या समाधानका लागि डाक्टर शुनिल शर्मालाई अनुरोध गरेको नेता राईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २०२२-०८-२५ , समय : २०:०४:४४ , ३ वर्ष अगाडि