तेह्रथुममा अरिँगालले टोक्दा एक युवाको मृत्यु

enepalpatra , १५४  पटक हेरिएको

तेह्रथुम २ भदौ । अरिँगालको टोकाइबाट गम्भीर बिरामी भएका तेह्रथुमको आठराई गाउँपालिका –६ चुहानडाँडाका मिलन कन्दङ्वाको मृत्यु भएको छ ।

मंगलबार राति चुहानडाँडाको हिलेमा अरिँगालको टोकाइबाट गम्भीर बिरामी  भएका २८ वर्षीय युवक थप उपचारको लागि झापाको विर्तासिटी अस्पतालमा लगिएको थियोे । उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले बताए ।

प्रकाशित मिति: २०२२-०८-१८ , समय : ०५:३४:०८ , २ वर्ष अगाडि