बाटो हिड्दा चिप्लिएर भिरमा अड्किएका एक जनाको उद्धार

प्रशान्त निराैला , २३२  पटक हेरिएको

सिन्धुपाल्चोक २४ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सकुशल उद्धार गरिएको छ।

जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।

सशस्त्र प्रहरी बल , नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उनको उद्धार गरेको हो ।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १०:१२:२४ , २ वर्ष अगाडि