हाम्रो समाचारदाता , ३३३ पटक हेरिएको
काठमाडौं , २१ साउन । काठमाडौंमा एक २६ बर्षिय युवति बलात्कृत भएकी छन् । ती युवतिलाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : १५:११:१६ , ३ वर्ष अगाडि