काठमान्डौमा बिहानै भुकम्प जादा भयो भागाभाग

ईनेपालपत्र समाचारदाता , ४३९  पटक हेरिएको

काठमाडौं, २१ साउन । संघीय राजधानी काठमाडौंमा बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ५ बजेर २३ मिनेटमा भूकम्पको कडा धक्का महशुस गरिएको हो । भूकम्पको धक्का पछि मानिसहरु निद्राबाटै ब्यूँझिएर डौडिएका थिए । भूकम्पको धक्का कति रेक्टर स्केलको थियो र कहाँ केन्द्र थियो विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । केही दिन अघि मात्रै खोटाङलाई केन्द्र बनाएर ६ रेक्टर स्केलेको भूकम्प गएको थियो ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०६:३२:२९ , २ वर्ष अगाडि