पालिका तोडफोडको जिम्मा मेयर हर्क साम्पाङले लिनु पर्ने

enepalpatra , ३८४  पटक हेरिएको

धरान,  १७ साउन । नेकपा एमाले धरानले आईतबार धरान नगरपालिकाभित्र भएँको तोडफोडकाको जिम्मेवारी स्वयं मेयर हर्क साम्पाङले लिनु पर्ने स्पष्ट पारेको छ।

मेयर हर्क साम्पाङले बराह सहकारीबाट पीडितहरुप्रति गलत र गैरजिम्मेवारिपुर्ण अभिव्यक्ति दिएको कारण घट्ना भएँको उस्को बुझाई छ।

सोमबार नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले जारी गरेकोे बिज्ञप्तीमा बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो नेकपा एमालेको बद्नाम गर्न खोजेको आरोप लगाएको छ।

मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगाउदै जातीय सद्भाव बिथोल्न खोजिएको भन्दै बिज्ञप्तीमा लेखिएको छ- ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’
आजसम्मका सबै राजनैतिक परिवर्तनहरु दलकै कारण भएँको स्मरण गराउदै दलका नेता कार्यकर्तालाई धावा बोल्ने, प्रतिशोध साध्न खोजे आफूहरू प्रतिरक्षामा उत्रिने समेत चेतावानी दिएको छ।

प्रकाशित मिति: २०२२-०८-०२ , समय : १८:१०:३८ , २ वर्ष अगाडि