भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

हाम्रो समाचारदाता , ४५२  पटक हेरिएको

काठमान्डौ, १० साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: २०२२-०७-२६ , समय : ०६:४०:०८ , २ वर्ष अगाडि