सयनलाई सभापती राई द्वारा भेट

आर्थिक सहयोग गर्न अपिल

प्रशान्त निराैला , १०३३  पटक हेरिएको

सयन लाई अस्पतालमा भेट गर्दै नेता शंकर राई

लेटाङ, ६ साउन ।क्यान्सर रोग लागेर काठमान्डौ स्थित सिभिल अस्पतालमा उपचार गराईरहनुभएका सयन लिम्बुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.१ का सभापती शंकर राईले आज भेट गर्नुभएको छ ।

उहाँले क्यान्सर रोग बाट पीडित लिम्बुलाई अस्पतालमा भेटेर आर्थिक सहयोग समेत गर्नुभएको छ्। उहाँले सयनलाई भेट गरि स्वास्थ्य लाभको कामना गर्नुभयो । नेता राईले क्यान्सरको समयमै उपचार गर्न सके पुर्ण रुपमा निको हुन सकिने भन्दै सबैले सहयोग गरे सयन स्वास्थ्य हुने बताउनुभयो। उहाँले सकेको सहयोग गर्न सबैलाई आव्हान समेत गर्नुभयो ।

आर्थिक अवस्था कमजोर रहेका सयनको क्यान्सर रोग लागेपछि उपचारमा समस्या भएको छ । हाल सयनको उपचारका लागि सहयोग अभियान नै गरेर उपचार खर्च संकलन भैरहेको छ ।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : १७:१२:५९ , २ वर्ष अगाडि